सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको  मूल्य ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेकाे थियो ।

सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुगेकाे थियाे ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media

preload imagepreload image