सरकारमा सहभागी हुन नेकपा एसले बनायो तीन सदस्यीय कार्यदल  

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको  छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो ।

‘सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने छ,’ पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्ने भएकाले हाम्रो कुन कुन मन्त्रालयमा दाबी रहनेछ भन्ने विषयमा पनि कार्यदलले गर्ने छ । नीति तथा कार्यदल दाबी गरेको छ ।’

संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media