यो वा त्यो बहानामा नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनुहुँदैनः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानुनप्रति आपत्ति जनाएका छन् ।

नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहने गरी विधेयक ल्याउने तयारीमा सरकार लागेपछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,  मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतले समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन् ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media