भारतीय नेता राहुल गान्धीको सांसद पद खारेज

राष्ट्रपाटी न्युज

१० चैत्र २०७९

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

भारतको जनप्रतिनिधित्व ऐन अनुसार सांसद तथा विधायकलाई कुनै पनि हालतमा २ वर्ष वा सोभन्दा बढी सजाय भएमा उनीहरुको (संसद र व्यवस्थापिका) सदस्यता खारेज हुने व्यवस्था छ ।

यसअघि बिहीबार सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो भने १५ हजार भारु जरिवाना तोकेको थियो ।

तर गान्धीको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो । अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ । (एजेन्सी)


Published :१० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media