लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबारदेखि मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन मामिला विभाग (डीओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।
कालेम्बाले कुल प्रभावित घरपरिवारको संख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।
डीओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ । (रासस/सिन्ह्वा)