१६ जना थपिए कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

१२ चैत्र २०७९

काठमाडौं । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७९ र एन्टीजेनबाट ६४२ नूमना परीक्षण गर्दा १६ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।


Published :१२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media