अमेरिकामा भीषण आँधीले २५ जनाको मृत्यु, चक्रवातको चेतावनी

राष्ट्रपाटी न्युज

१३ चैत्र २०७९

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन् ।

उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् । राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो ।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ ।

‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ । विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै चक्रवातको सम्भावनालाई नकार्न नसकिने जनाएको छ । (एजेन्सी)


Published :१३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media