मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न सकिँदैनः गृह मन्त्रालय

राष्ट्रपाटी न्युज

१४ चैत्र २०७९

काठमाडौँ । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने बताएकाे छ ।  धेरै कानुनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको हाे ।

आज मिटरब्याज पीडितहरूसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेका गृहमन्त्रालयका सहसचिवसहितको टोलीले मिटरब्याजी पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बतायाे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पीडितहरूले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जनाए ।

उनले मिटरब्याज पीडितको समस्या लामो समयदेखिको समस्या भएकाले पीडितहरूले भनेजसरी क्षणमरमै समाधान हुन नसक्ने पनि बताए ।


Published :१४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media