सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।


Published :१५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media