थप ४२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२३

राष्ट्रपाटी न्युज

चैत्र १६, २०७९

काठमाडौं । थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांकमात्र समावेश गरिएको छ ।


Published :चैत्र १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media