राहदानी दुरुपयोग मुद्दामा रास्वपा सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपाटी न्युज

चैत्र १८, २०७९

काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्च अदालतमा दिएका छन् । तर, दर्ता हुन भने बाँकी छ ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।

उनले भने, ‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु, भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’


Published :चैत्र १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media