अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालक आन्दोलित

राष्ट्रपाटी न्युज

चैत्र २१, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्।

सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए ।

चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन् । विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ । पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य निजी सवारी धनीले समेत गर्दै आएका छन् ।

पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ। पार्किङ शुल्क थप बढाउने कम्पनिको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन् ।


Published :चैत्र २१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media