अफगानिस्तानमा सेनाको कारबाहीमा आईएसका छ लडाकुको मृत्यु

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७९

काठमाडौँ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।

बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर-ए-शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो ।

गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ । (एजेन्सी)


Published :२१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media