८० जना थपिए कोरोना संक्रमित

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७९

काठमाडौं । थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट १११७ नमूना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

 


Published :२१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media