अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प पक्राउ, उनीविरुद्ध ३४ वटा मुद्दा

राष्ट्रपाटी न्युज

चैत्र २१, २०७९

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ।
ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ।
मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।
डोनल्ड ट्रम्पले स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन् ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए ।

दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए ।
उनको गाडी केही मिनेटमै अदालत पुग्यो।

‘निकै अवास्तविक लाग्छ – वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्,’ ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे।
अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए । बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए ।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन ।
अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे । त्यसपछि उनले आफ्नो दलिल पेस गरे । उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ । (एजेन्सी)


Published :चैत्र २१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media