सरकारको न्यूनतम साझा कार्यक्रम आज ५ बजे सार्वजनिक हुने

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७९

काठमाडौं । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रम पनि परिवर्तन गर्न लागेका छन् । सो साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको बताइएको हो ।
सत्ता गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएर आजै सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा न्यूनतम साझा कार्यक्रम तथा प्राथमिकता सार्वजनिक गरिनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।


Published :२३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media