फ्रान्सेली व्यापारी बर्नार्ड संसारकै सबैभन्दा धनी

राष्ट्रपाटी न्युज

चैत्र २२, २०७९

काठमाडौँ । फोब्र्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची जारी गरेको छ । सूचीको पहिलो स्थानमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ रहेका छन् । उनी र उनको परिवारको कुल सम्पत्ति २११ अर्ब डलर छ । विलासी वस्तुहरूको उत्पादन गर्ने एलभीएमएचमार्फ अर्नाउले बेतोड कमाइ गरिरहेका छन् ।

इलोन मस्क दोस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति १८० अर्ब डलर छ । टेस्ला र स्पेसएक्समार्फत उनले सम्पत्ति जोडेका छन् तर उनको सम्पत्ति घटबढ भइरहने गरेको छ । गत सालको भन्दा उनको सम्पत्ति ३९ अर्ब डलर घटेको छ ।

तेस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति ११४ अर्ब डलर छ । अमेजनको स्टकमा ३८ प्रतिशत गिरावटका साथ उहाँ गतसालभन्दा ५७ अर्ब डलर गरिब भएका छन् । यस्तै चौथो स्थानमा ल्यारी एलिसन, पाँचौमा वारेन बफेट, छैटौंमा बिल गेट्स, सातौंमा माइकेल ब्लुमबर्ग, आठौंमा कार्लोस स्लिम हेलु र उनको परिवार, नवौंमा मुकेश अम्बानी र दशौं नम्बरमा स्टिभ बाल्मर रहेका छन् । (एजेन्सी)


Published :चैत्र २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media