संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगई टुंगिँदैनः ओली

राष्ट्रपाटी न्युज

२५ चैत्र २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारेका छन् ।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्  । उनले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए ।

अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानैपर्ने बताए ।


Published :२५ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media