बढ्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

चैत्र २७, २०७९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो ।


Published :चैत्र २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media