आर्थिकस्थिति जानकारी गराउन गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्दै

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेकोलगायतको समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी दिनेछन् ।


Published :२८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media