मन्त्रिपरिषद् बैठकमा मेयर बालेन्द्र साहको अराजकताबारे चर्को आलोचना

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७९

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको चर्को आलोचना  भएको छ । सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यस सम्बन्धमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट बालेन्द्र साह भाग्न नमिल्ने बताइन् ।

उनले मन्त्रिपरिषद् बैठकमा बालेन्द्र साह अराजकतातिर गइरहेकोबारे छलफल भएको बताइन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘फोहोर व्यवस्थापन नीतिगतरूपमा स्थानीय सरकारले गर्ने हो । सिंहदरवारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौं । उहाँ अराजकतातिर जानुभएको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ । कि त नीति परिमार्जन हुनुपर्‍यो । नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो ।’

काठमाडौंका मेयर बालेन्द्रले केही दिनअघि सरकारले समन्वय नगरेको भन्दै सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले नेताहरूलाई सिस्डोलमा डम्प नगरेसम्म देश नसुध्रिनेसमेत बताएका थिए ।


Published :२८ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media