एमाले सांसद गैरेको प्रधानमन्त्रीलाई प्रश्न- निमन्त्रणा नै नगरेको भारत भ्रमणको औचित्य के ?

राष्ट्रपाटी न्युज

चैत्र २८, २०७९

काठमाडौं । एमाले सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीबारे प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले प्रधानमन्त्रीको भारत भ्रमण बारे तयारी भइरहेको सुन्नमा आएको बताउँदै निमन्त्रणा नै नगरेको छिमेकी देशको भ्रमणको तयारी गरिनुको कारण र आवश्यकता खोजेका हुन् ।

भारतले औपचारिक निमन्त्रणा नै नदिएको अवस्थामा अन्य छिमेकी देशको निमन्त्रणा समेत रद्ध गरेर भारत भक्ति किन प्रकट भइरहेको छ भन्ने प्रश्न उठिरहेको उनले बताए ।

अन्य देशको निमन्त्रणा थाती राखेर निमन्त्रणा नै नगरेको देशको भ्रमण पर्खिनुको औचित्य र आवश्यकताबारे पनि उनले प्रश्न गरे ।

सांसद गैरेले देशमा भ्रष्टाचार व्याप्त रहेको र देशको आर्थिक संकटबारे पनि सरकारकै जिम्मेवार व्यक्तिको पनि फरक–फरक धारणा आउनु दुखद भएको बताए ।


Published :चैत्र २८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media