मौसम पूर्वानुमानः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । आज केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।


Published :२ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media