सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

राष्ट्रपाटी न्युज

बैशाख १, २०८०

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार १०० वर्षीया राधादेवी जोशीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। सत्यमोहन जोशीको पनि केही समयअघि निधन भएको थियो ।

गत वर्षको असोजमा जोशीको सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो ।


Published :बैशाख १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media