चितवनमा लामिछानेले चुनाव हार्ने एमाले नेता बस्नेतको दाबी

राष्ट्रपाटी न्युज

बैशाख १, २०८०

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढिरहेको बताए । सो चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाई थियो ।

नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।


Published :बैशाख १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media