आज बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रपाटी न्युज

बैशाख २, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दै छ।

बैठकमा ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची छ।

यस्तै सभामुखले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा’ सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची छ ।


Published :बैशाख २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media