प्रतितोला ८ सय घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

बैशाख २, २०८०

काठमाडौँ । २०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।

आइतबार तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Published :बैशाख २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media