सन्दिप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज

राष्ट्रपाटी न्युज

बैशाख ६, २०८०

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँमा आज सुनुवाई हुन लागेको हो। पेशी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ ।

यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश गरेको थियो ।

यसअघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।


Published :बैशाख ६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media