काठमाडौं । पाँच किलो यार्सागुम्बासहित एक जना कोरियाली नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले उनलाई चेकजाँच कक्षबाट पक्राउ गरेको हो ।
काठमाडौंबाट कोरियाको सियोल जान लागेका एम ५५६१३९६३ पासपोर्ट नम्बरका कोरियाली नागरिक ख्वन ग्यङसनलाई विमानस्थल प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनले पाँच किलो यार्सागुम्बालाई तरल पदार्थ बनाई लुकाइछिपाइ लैजान लागेको प्रहरी स्रोतको भनाइ छ । पाँचवटा बोतलमा रहेको यार्सा र उनको साथबाट भियाग्रासमेत बरामद गरिएको छ ।
पक्राउ परेका ग्यङसनलाई प्रहरी हिरासतमा राखिएको छ। शनिबार विदाको दिन परेकाले वन विभागमा बुझाउन नसकिएको प्रहरीको भनाइ छ । थप अनुसन्धानका लागि उनलाई आइतबार विभागमा पठाइनेछ ।