काठमाडौं । सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ४ अंकले घटेको छ ।
२६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भयो । आज ३१ हजार ४१५ पटक कारोबार भयो । दोहोरो अंकले ओरालो लागेको बजारमा ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय र कालिञ्चोक दर्शनको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधार मोलुङ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३ करोड ११ लाख बढिको सेयर कारोबार भयो ।
यस्तै २ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो र एनआईसी एसिया बैंक २ करोड ३८ लाख मूल्य बराबरको कारोबार गरी तेस्रो स्थानमा रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने १ को मात्रै बढ्यो। आज फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०१ प्रतिशले घट्यो। बैंकिङ ,डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ०.३१ प्रतिशतले बढ्यो ।