काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयनका लागि बारा निर्वाचन क्षेत्र- २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।
बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो ।