दोहोरो अंकले बढ्यो शेयर बजार, ८८ करोड बढीको कारोबार

राष्ट्रपाटी न्युज

१२ बैशाख २०८०

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १७.३६ प्रतिशतले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ ।

आज २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर कारोबार भयो।

आज तारागाउँ रिजेन्सीको सेयर मूल्य सर्वाधिक ८ प्रतिशतले बढ्यो। यस्तै खप्तड लघुवित्त वित्तीय संस्थाको ७.८५ र सिटिजन्स म्युचुअल फन्डको ५.१३ प्रतिशतले बढ्यो।

आज सनराइज ब्लुचिप फन्डको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड बढिको सेयर कारोबार भयो।

कालिञ्चोक दर्शनको ३ करोड र नविल बैंकको २ करोड बढिको  सेयर कारोबार भयो । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को घट्यो ।


Published :१२ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media