लाइसेन्स नवीकरण दस वर्षमा गरिने

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८०

काठमाडौं । सरकारले लाइसेन्स नवीकरण अबदेखि दस वर्षमा गर्नेगरी तयारी थालेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच वर्षे म्यादलाई बढाउन लागेको बताएका छन् ।

संसद बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच वर्षे म्याद झन्झटिलो भएको बताए । ज्वालाले भने, ‘लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेका छौं। ५-५ वर्षमा नवीकरण गर्दा झन्झिटिलो पनि हुन्छ। यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं।’

सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए । इन्बोस्ड नम्बर प्लेटको भाषामा अंग्रेजी, नेपाली र नेपाली-अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।


Published :बैशाख १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media