अयोग्य लडाकुलाई दुई लाख दिने प्रस्ताव एमालेकै अर्थमन्त्री भएका बेला गरिएको होः माधव सापकोटा

राष्ट्रपाटी न्युज

१५ बैशाख २०८०

काठमाडौं । माओवादीका सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई दुई लाख दिने प्रस्ताव एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएकै बेला गरिएको दाबी गरेका छन् ।

शुक्रबार संसदमा बैठकमा यसबारे प्रश्न उठेको भन्दै उनले एमालेले यस विषयमा भ्रम फैलाएको बताए ।

उनले एमालेले सिंगो देश र सदनलाई भ्रमित पारेको आरोप लगाए । उनले माओवादीले हतियार बोकेकै कारण अहिलेको व्यवस्था आएको भन्दै दुई लाख दिने निर्णयको बचाउ गरेका थिए ।

संसद बैठकमा एमालेका सांसदहरूले माओवादीका अयोग्य लाडाकुलाई दुई लाख दिने निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए ।


Published :१५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media