काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् ।
काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ। कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।