नेपाललाई विश्व बैंकको १० करोड अमेरिकी डलर सहयोग

राष्ट्रपाटी न्युज

बैशाख १६, २०८०

काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ ।

हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो । सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो ।

स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ ।


Published :बैशाख १६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media