सुनको मूल्य घट्यो, चाँदीको स्थिर

राष्ट्रपाटी न्युज

१८ बैशाख २०८०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ।


Published :१८ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media