राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँ बेहोर्ने

राष्ट्रपाटी न्युज

बैशाख १८, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बेहाेर्नुहुने भएकाे छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्तिअनुसार उहाँले आफ्नो खर्च आफैँ बेहोर्नुहुने भएकाे हाे ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित  अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता जानुभएकाे थियाे । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्किनु भएकाे हाे ।


Published :बैशाख १८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media