साउनमा स-यो नेफ्टा चलचित्र अवार्ड

राष्ट्रपाटी न्युज

बैशाख २२, २०८०

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आउँदो जेठ १३ मा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’को एघारौं संस्करण आगामी साउन ६ गते हुने भएको हो ।

नेफ्टा अध्यक्ष पुस्कर लामाका अनुसार तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरिएका हो । अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुने भएकाले नयाँ तालिका तोकिएको हो । वैशाख ३१ मा अवार्डका लागि सर्वश्रेष्ठ पाँचजनालाई मनोनयन गरिएको घोषणा गरिनेछ । उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् ।

अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्मस्ले पनि सहकार्य गर्दैछन् ।


Published :बैशाख २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media