संसदमा अबदेखि इ-हाजिरीको व्यवस्था

राष्ट्रपाटी न्युज

२४ बैशाख २०८०

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यही अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए ।

सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिएका थिए । इ-हाजिरी हुँदा सांसद्हरूको संसद्मा उपस्थिति बढ्ने अपेक्षा लिइएको छ ।


Published :२४ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media