काठमाडौं । प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटमा उत्पादन र रोजगारी वृद्धि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै सांसद कार्कीले आगामी बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा रहनुपर्ने बताए ।
उनले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाएसम्म दिगो विकास र आर्थिक विकासको आधार तयार नहुने बताए । उनले स्रोतमा आएको संकूचनका कारणले हौसिएर बजेट बनाउने सुविधा कसैलाई नभएको बताए ।
निजी क्षेत्र निराश अवस्थामा रहेको उनको भनाइ छ । पुँजीगत खर्चको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म ३१ प्रतिशत मात्रै रहेको बताए ।
पर्यटक भित्र्याउने संभावना प्रचूर रहेको भन्दै त्यसका लागि प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
सांसद कार्कीले कर्णालीका जडीबुटीलाई प्रोशोधित गरेर भारतदेखि विश्व बजरामा पुर्याउन सक्यो भने नेपालको आर्थिक अवस्थामा यसले निश्चय नै फरक पार्ने बताए ।