आर्थिक चुनौतीप्रति सरकार बेखबरः पूर्वअर्थमन्त्री पौडेल

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद् तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतीप्रति बेखबर रहेको बताएका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई नस्वीकारेको बताए ।

नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने बताए । चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको बताए । उनले नेपाली अर्थतन्त्रलाई कसले त्रासदीपूर्ण वातावरणमा पुर्‍यायो ? यस विषयमा छलफल जरुरी रहेको धारणा राखे ।


Published :बैशाख २४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media