संसदमा नांगिने सांसद सिंहको स्वास्थ्य जाँच गर्न एमालेको माग

राष्ट्रपाटी न्युज

२५ बैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएपछि शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ। म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ आफ्नो सर्ट र गन्जी फुकालेर सिंहले विरोध गरेका थिए। सिंह उठेर लुगा खोल्दै नाङ्गो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।


Published :२५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media