आगामी बजेटमा मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्छः सिके राउत

राष्ट्रपाटी न्युज

२६ बैशाख २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताएका हुन् । उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए । उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए ।

उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए । उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भए पनि बनाउने तयारी गर्नु गलत भएको बताए ।

उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैन तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए । उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लहैलहैमा लागेको आरोप लगाए ।


Published :२६ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media