काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरानलाई अल-कादिर ट्रस्ट मामिलामा रेंजर्सले इस्लामाबाद उच्च अदालत बाहिर पक्राउ गरेको हो।
उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
उनले केही दिन अघिमात्र पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका अधिकारी मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएका थिए। इमरानले मेजर जनरल फैसल नसीरलाई मार्न खोजेको आरोप लगाएका थिए ।