कांग्रेस पदाधिकारी बैठकः बालकृष्ण खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा छलफल

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री एवं नेता बालकृष्ण खाँण पक्राउ परेपछि सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए ।

बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ । खाँणलाई निलम्बन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । तर, आज भने सो बारेमा कुनै निर्णय नभएको उनले बताए ।

बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको उनले बताए ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँणमाथिको थप अनुसन्धान अघि बढाईनेछ ।


Published :बैशाख २६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media