इमरान खानको गिरफ्तारीपछि भड्किएको हिंसामा परी चारजनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८०

इस्लामबाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।

उनको पक्राउपछि भएको हिंसामा परी पेशावरमा चार जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

मंगलबार पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरानलाई आठ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।

यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआई सर्वोच्च अदालत पुगेको छ । (एजेन्सी)


Published :बैशाख २७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media