काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।
यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो ।
सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । वैशाख २० गते पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए । उक्त घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।