सुनको मूल्य बढ्दा चाँदीको स्थिर

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८०

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Published :बैशाख ३१, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media