काठमाडौं । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ।
६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ ।
ती बसहरु साझाले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर- रातोपुल- गौशाला-चाबहिल-बौद्ध-जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ ।
भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ ।